शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं महाधिवेशन चैत अन्तिम साता

प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं महाधिवेशन चैत अन्तिम साता

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत २८ र २९ गतेका लागि तोकिएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत २८ र २९ गतेका लागि तोकिएको छ।

प्रपासंघ नेपालको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मंसिर मसान्तसम्म प्रप्रासंघ, नेपाल (२०६३) को विधान संशोधनसहित जारी गर्ने निर्णय गरेको छ। पुस पहिलो साता सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिनेछ। फागुन मसान्तसम्म क्याम्पस एकाइ समितिको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

केन्द्रीय कार्यसमितिले पाँचौं राष्ट्रिय अधिवेशनसम्म वर्तमान कार्य समितिलाई निरन्तरता दिने निर्णय भएको बैठकपछि अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बैठकले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति गम्भीर नदेखिएको भन्दै तत्काल कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमित व्यक्तिको उपचारका लागि समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

यस्तै नागरिकको आर्थिक तथा सामाजिक जीवनमा देखा परेका दुःखकष्ट कम गर्न आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि संघले माग गरेको छ।

प्रपासंघले स्वास्थ्य मापदण्डसम्बन्धी आवश्यक निर्देशन पालना गर्दै घरमै बसेर यस महामारीको जोखिमबाट जोगिन आमजनतालाई अपिल गरेको छ।

बैठकले महामारीको विषम परिस्थितिमा प्रविधिको उच्चत्तम उपयोग गरेर अध्ययनअनुसन्धानमा समर्पित भइरहन सम्पूर्ण प्राध्यापकलाई आह्वान गरेको छ।

बैठकले त्रिभुवन विश्वविद्यालयमा वर्तमान पदाधिकारीहरुद्वारा भइरहेको चरम राजनीतिकरण, आर्थिक अनियमितता, नीतिगत एवम् संस्थागत भ्रष्टाचार र दक्ष, योग्य एवम् प्राज्ञिक वरिष्ठताको खिल्लीविरुद्ध प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले गरेको आन्दोलनप्रति त्रिवि प्रशासनले सिंगो संघ, अध्यक्ष र महासचिवमाथि लगाएको झुट्टा मुद्दाको निन्दा गरेको छ।

यस्तै प्रपासंघले संघको नेतृत्वमा सुरु गरिएको ३३ बुँदे मागसहितको आन्दोलन जारी रहेको स्पष्ट पार्दै आन्दोलन सफल बनाउन थप संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ।

प्रकाशित: Sep 05, 2020| 19:48 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।