शुक्रबार, भदौ १२, २०८३

प्रलेस प्रतिभा पुरस्कार-२०७७ वासुदेव अधिकारीलाई दिइने

प्रगतिशील लेखक संघ, नेपालले यस वर्ष (विसं. २०७७) को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने भएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- प्रगतिशील लेखक संघ, नेपालले यस वर्ष (विसं. २०७७) को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने भएको छ।

प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरिले यसबारेमा जानकारी दिएका हुन्।

साहित्यिक पत्रकारका रूपमा समेत सुपरिचित अधिकारीका ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘युरोस्पर्श’, च्यातिएको शब्दकोश, ‘गायब सभामुख’, ‘वस्तीमा आगो’ नामक कविता, गीत र गजल संग्रहलगायत विभिन्न फुटकर रचना प्रकाशित छन्।

प्रलेसले उक्त पुरस्कारका लागि नाम सिफारिस गर्न उपाध्यक्ष सुशीला प्रधानाङ्गको संयोजकत्वमा एक समिति गठन गरेको थियो।

प्रलेसको ६९ औँ स्थापना दिवस आगामी असोज ५ गते मनाइँदै छ। उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिने प्रलेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 05, 2020| 19:30 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।