शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या १०० पुगेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

जनकपुरधाम- कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या १०० पुगेको छ। प्रदेश २ मा कोरोनाबाट शनिबार थप २ जनाको भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको हो।

जबकी देशभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० छ। मृत्यु हुनेहरुमा अधिकांश वृद्ध तथा दीर्घ रोगी रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशको पर्सा जिल्लामा २ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

पर्साको पकहा मैनपुर गाउँपालिका वडा २ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा १० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको झाले बताए।

कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ। त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८/८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रदेश २ मा हालसम्म कुल १ लाख ४ हजार ५८ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ६१ जनाको रिपोर्ट पोजेटिभ, ८८ हजार २५२ जनाको नेगेटिभ, १०० जनाको मृत्यु र ४ हजार ७४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 05, 2020| 19:05 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।