शुक्रबार, भदौ १२, २०८३

देउवाको एकलौटीविरुद्ध पौडेल पक्षको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छलफल गरेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- सभापति शेरबहादुर देउवाका एकलौटी निर्णयहरुविरुद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छलफल गरेको छ।

शनिबार भर्चुअल बैठक गर्दै पौडेल समूले देउवाले पार्टीको विधि विधानविपरित विभिन्न निर्णयहरु गरेको विषयमा छलफल गरेको हो।

भर्चुअल छलफलमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्यलगायत सहभागी भएका थिए।

पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले एकलौटी रुपमा विभिन्न विभागहरुमा आफू निकट नेताहरुलाई नियुक्त गरेको, अन्य समूहको सुझाव वेवास्ता गरेको, महाधिवेशन अझै पछाडि धकेल्न खोजेको लगायतका विषयमा छलफल भएको थियो।

देउवाले एकलौटी रुपमा निर्णय गर्दै जाने हो भने विरोधका कार्यक्रम गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।

देउवाले पछिल्लो पटक बुधबार र बिहीबार पनि विभिन्न केन्द्रीय विभागहरुमा आफू निकटका नेताहरुलाई नियुक्त गरेका छन्। यसअघि उनले थुप्रै विभागलाई पूर्णता दिइसकेका छन्।

पौडेल पक्षको विरोधका बाबजुद देउवाले धमाधम विभागहरुलाई पूर्णता दिन थालेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र रुपमा बढ्दै गएको छ।

प्रकाशित: Sep 05, 2020| 18:50 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।