काठमाडौं- अवैध लागुऔषधसहित प्रहरीले विभिन्न ठाउँबाट १४ जनालाई पक्राउ गरेको छ।
पर्सा, चितवन, धनुषा, मोरङ र नवलपरासीबाट प्रहरीले गाँजा, खैरो हिरोइन, नाईट्रेभेटलगायतका लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका–२ का ३५ वर्षीय गोकुल महतो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महतो केवट छन्। उनीहरुलाई ५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरीले बीआर २२ एक्यु ०४१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
यस्तै वीरगंज महानगरपालिका–२८ बगहीका २० वर्षीय रुपेश सहनीलाई १० केजी अबैध लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घरतलासी गर्दा टिनको ड्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला पारी सहनीलाई पक्राउ गरेको हो।
यस्तै वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ४ ग्राम लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–२४ का २० वर्षीय शिव साह कानु र वडा नम्बर १६ का कृष्ण भन्ने २० वर्षीय छोटु पाण्डे छन्।
यस्तै चितवन, कालिका नगरपालिका–७ स्थितबाट ८ केजी ९० ग्राम अबैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २१ वर्षीय अमृत बम्जन र सोही नगरपालिका–७ का २० वर्षीय सबिन घले रहेका छन्।