शुक्रबार, भदौ १२, २०८३

बुटवलमा मिर्गौला रोगीको पीसीआर परीक्षण नि:शुल्क

बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका बेला मिर्गौलाका बिरामीलाई सहुलियत दिने भएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

भैरहवा- बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका बेला मिर्गौलाका बिरामीलाई सहुलियत दिने भएको छ।

कोरोना महामारीका कारण मिर्गौला रोगीहरु तालिकाअनुसार अस्पतालमै गएर डायलासिस गराउनुपर्नेमा अधिकांश जान सकेको अवस्था छैन।

यस्तो अवस्थमा उपमहानगरले गम्भीर बिरामी रहेकाहरुको घरमै पुगेर कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने गरी तयारी थालेको छ।

जसमध्ये डायलासिस गराउनु पर्ने बिरामीहरुलाई प्राथमिकतामा राखिएको छ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्नसमेत नसक्ने अवस्थाकालाई बसेको स्थानमै समेत पुगेर परीक्षण गर्नेगरी काम सुरु भएको प्रमुख सुवेदीले बताए।

उनले अस्पतालहरुमा डायलासिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै बिरामीको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए।

पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ। बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलासिल गर्ने बिरामीको संख्या करिब ६ सय रहेको बताइएको छ।

बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्यामा परेका दीर्घ रोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ।

प्रकाशित: Sep 05, 2020| 17:25 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।