शुक्रबार, भदौ १२, २०८३

कोरोनामुक्त हुनेको संख्या ६० प्रतिशत

नेपालमा कोरोना संक्रमितमध्ये ६० प्रतिशत बिरामी निको भएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितमध्ये ६० प्रतिशत बिरामी निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट एक हजार ५६६ जना मुक्त भएका छन्।

योसहित संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो। आजसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।

५१ जिल्लामा कहाँ कति संक्रमित?

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ३२६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित थपिएका जिल्लामा इलाममा एक, झापामा सात र मोरङमा ३५ जना छन्।

ओखलढुंगामा दुई जना संक्रमित थपिएका छन् भने उदयपुरमा तीन तथा सुनसरीमा २० जना संक्रमित थपिएका छन्।

बारामा १३, धनुषामा सात, महोत्तरीमा १६ र पर्सामा थप १० जनामा संक्रमण भएको छ भने संक्रमित थपिएका अन्य जिल्लामा सप्तरी २०, सर्लाही १७ र सिरहा ४१ छन्।

भक्तपुरमा ४५, चितवनमा ४५, धादिङमा १०, दोलखा र काभ्रेमा ६ ६ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

ललितपुरमा ३७, मकवानुपरमा ३५, नुवाकोटमा एक, रामेछापमा पाँच र सिन्धुलीमा थप दुईजनामा संक्रमण भएको छ।

कास्कीमा २३, गोरखामा १७, बागलुङमा ६, लमजुङमा २२, पूर्वी नवलपरासीमा पाँच, पर्वतमा एक, स्याङ्जामा तीन, तनहुँमा तीन जना संक्रमित थपिएका छन्।

यसैगरी अर्घाखाँचीमा एक, बाँकेमा ६२, बर्दियामा सात र दाङमा ३९ जनामा संक्रमण भएको छ। गुल्मीमा ६, कपिलवस्तुमा एक, पश्चिम नवलपरासीमा १३, पाल्पामा तीन, प्यूठानमा एक, रोल्पामा एक र रुपन्देहीमा ७१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

दैलेखमा तीन, जाजरकोटमा तीन र सल्यानमा थप दुई जनामा संक्रमण भएको छ।

बझाङमा १६, डडेल्धुरामा एक, डोटीमा दुई, कैलालीमा चार र कञ्चनपुरमा पाँच जनामा संक्रमण भएको छ। यसरी शनिबार ३४९ महिला र ६९७ पुरुष गरी एक हजार ४६ जनामा कोरोना संक्रमण भएको छ।

२६ जिल्लामा आज थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका २६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छैनन्।

संक्रमित नथपिएका जिल्लामा भोजपुर, धनकुटा, खोटाङ, पाँचथर र संखुवासभा छन्। यस्तै सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुममा पनि संक्रमित थपिएनन्।

संक्रमित नथपिएका अन्य जिल्लामा रौतहट, रसुवा र सिन्धुपाल्चोक छन्। शनिबार मनाङ, मुस्ताङ र म्याग्दीमा पनि संक्रमित थपिएनन्।

संक्रमित नथपिएका अन्य जिल्लामा पूर्वी रुकुम, डोल्पा, हुम्ला र जुम्ला छन्। कालिकोट, मुगु र पश्चिम रुकुममा पनि संक्रमित थपिएनन्।

संक्रमित नथपिएका अन्य जिल्लामा सुर्खेत, अछाम, बैतडी, बाजुरा, दार्चुला छन्।

 

प्रकाशित: Sep 05, 2020| 16:56 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।