शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मोरङमा थप ४ जनाको मृत्यु, प्रदेश १ मा ५४ संक्रमित थप

कोरोनाबाट मोरङमा थप ४ जनाको मृत्यु, प्रदेश १ मा ५४ संक्रमित थप

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु भएको छ।

विराटनगरका २ महिला तथा बुढीगंगा र धनपालथानका १-१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज थपिएका ४ जनासहित मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ जना पुगेको छ। मृत्यु हुनेमा विराटनगरका १३ जना र बुढीगंगाका ३ जना छन्। यस्तै रंगेली, धनपालथान, सुनवर्षी, बेलबारी र पथरीशनिश्चरेका १–१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

प्रदेश १ भरि शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ। प्रदेश १ ठेगाना भएका २७ रहेका छन्। अन्य १२ जना प्रदेश १ बाहिरका छन्।

प्रदेश १ मा शनिबार १ हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

जसमध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ।

प्रदेश १ मा शनिबार १६ जना डिस्चार्ज भएका छन्। उनीहरु सबै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: Sep 05, 2020| 16:35 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।