शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा थप एक संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा शनिबार एक कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

विराटनगर- कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा शनिबार एक कोरोना संक्रमितको मृत्यु भएको छ।

कोसी अस्पतालको आइसोलेसनबाट रेफर गरिएका मोरङ धनपालथानका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि कोसी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनको स्वास्थ्यमा थप समस्या आएपछि शुक्रबार साँझ कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको कोसी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।

मृतकको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि शुक्रबार साँझ विराटनगरका २ महिलाको मृत्यु भएको थियो।

प्रकाशित: Sep 05, 2020| 14:42 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।