शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा फोहर व्यवस्थापनको समस्या फेरि बल्झियो

अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ।

विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो।

महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल व्यवस्थापन गरिरहेकै स्थान वरपर केही समयका लागि अर्को स्थानको खोजी भइरहेको छ तर यस विषयमा स्थानीयवासीले भने असहमति जनाएका छन्।

गत असारमा नै सक्ने गरी दीर्घकालीन रुपमा बञ्चरेडाँडामा ल्यान्डफिल साइड निर्माण भइरहेको भए पनि पूर्ण रुपमा काम नहुँदा कमपालाई पुनः समस्या दोहोरिएको हो।

काठमाडौं महानगरसँग अब पहिले नै फोहर थुपारिएको स्थानमा माटोले पुरी तत्कालका लागि फोहर व्यवस्थापन गर्ने वा स्थानीयवासीलाई सहमति गराई अन्य स्थानको खोजी गर्ने विकल्प मात्र रहेको उनको भनाइ छ। ‘बर्सातको समयमा झन् धेरै फोहर उत्पादन हुन्छ, उत्पादन बढी हुने हुँदा पनि र व्यवस्थापन गर्न असहज भएको छ’, श्रेष्ठले भने।

मन्त्रिपरिषद्को बैठकले नै उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको थियो।

हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ।

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन।

दीर्घकालीन केन्द्र सरकारले निर्माण गरे पनि अल्पकालीन फोहर व्यवस्थापनका लागि भने काठमाडौं महानगरको जिम्मा हो। रासस

प्रकाशित: Sep 05, 2020| 14:30 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।