शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमणमुक्त डाक्टर भन्छन्- मनोबल उच्च बनाउनुपर्छ, सबैले सकारात्मक उर्जा दिनुपर्छ

संक्रमणमुक्त डाक्टर भन्छन्- मनोबल उच्च बनाउनुपर्छ, सबैले सकारात्मक उर्जा दिनुपर्छ

भरतपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– भरतपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमणमुक्त भएका छन्।

२० दिन लामो आइसोलेसन बसाइपछि तिवारी आज (शुक्रबार) संक्रमणमुक्त भएका हुन्। अस्पतालका चिकित्सक र कर्मचारीहरुले फूलमाला लगाएर तिवारीलाई स्वागत गरेका छन्।

‘म एकदमै खुशी छु, आजको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि संक्रमणमुक्त भएको छुँ,’ तिवारीले भने, ‘मनोवल उच्च राख्नुपर्छ। सबैले सकारात्मक सोच्यो भने उर्जा हुन्छ।’

स्वास्थ्यकर्मीहरुले घरपरिवार नभनेर दिनरात फ्रन्टलाइनमा काम गरिरहेकाले अवहेलना गर्ने, दुर्व्यवहार गर्ने र हत्तोत्साहित पार्ने काम कसैले गर्न नहुने उनले बताए। डा. तिवारीले उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले पनि काम गर्नुपर्ने बताए।

‘सरकारी अस्पतालले मात्रै धान्न सक्दैन निजी अस्पताललगायत सबै मिलेर यसविरुद्ध लड्नुपर्छ,’ उनले भने।

फ्रन्टलाइनमा काम गर्दा जोखिम पनि रहेको र सुरक्षा अपनाउँदा पनि संक्रमणको जोखिम कायमै रहेको बताए।

उनका अनुसार अहिले भरतपुर अस्पतालका ३२ जना स्वास्थ्यकर्मीहरु संक्रमित छन्। डा. तिवारीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवादसमेत दिए।

प्रकाशित: Sep 04, 2020| 20:20 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।