शुक्रबार, भदौ १२, २०८३

लागुऔषधसहित चिकित्सक पक्राउ

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरबाट एक जना चिकित्सक पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

विराटनगर– भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरबाट एक जना चिकित्सक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भई सुनसरीको धरानमा डेरा बस्दै आएका दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साह छन्। लागुऔषधसहित पक्राउ परेपछि ३३ वर्षीय साहले भारतबाट लागुऔषध नेपाल भित्र्याउने धन्दा चलाइरहेको तथ्य बाहिरिएको छ।

आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको बताए।

साहविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

प्रकाशित: Sep 04, 2020| 19:30 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।