शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रालयबाट बिदा हुँदै खतिवडाले भने- मैले व्यक्तिगत अभीष्टका लागि केही गरेको छैन

मन्त्रालयबाट बिदा हुँदै खतिवडाले भने- मैले व्यक्तिगत अभीष्टका लागि केही गरेको छैन

मन्त्रालयबाट बिदा हुँदै खतिवडाले आफूले कार्यकालभर व्यक्तिगत अभीष्टका लागि केही काम नगरेको बताए।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- अर्थमन्त्री एवम् सरकारका प्रवक्तासमेत रहेका डा. युवराज खतिवडा साढे २ वर्षको अर्थ मन्त्रालय र ६ महिना सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पुरा गरेर बिदा भएका छन्।

मन्त्रालयबाट बिदा हुँदै खतिवडाले आफूले कार्यकालभर व्यक्तिगत अभीष्टका लागि केही काम नगरेको बताए।

‘काम गरिरहँदा सबै कुरा मिल्दैन राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कतिपय कुराहरु व्यक्तिको हितमा नहुन सक्छन्,’ सञ्चार तथा प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बृहतर राष्ट्रिय हितमा कुरा गरिरहँदा खेरी केही कसैलाई चित्त दुखेको छ भने राष्ट्रिय हितका लागि गरेको हो भन्ने बुझिदिनुहोला।’

आफूलाई विश्वास गरेर सञ्चार तथा प्रविधि मन्त्रालय र अझ सरकारकै प्रवक्ताको समेत जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे। ‘पदमा रहे पनि नरहे पनि आफ्नो क्षमता र सहयोग सधैँ रहिरहन्छ,’ उनले भने, ‘आवश्यक पर्दा सरकारबाहिर रहेर पनि मैले सहयोग गर्ने नै छु।’

उनले मन्त्रालयका कर्मचारी तथा सञ्चारमाध्यमहरुलाई पनि आवश्यक परेको बेला आफू सल्लाह सुझावका लागि जुनसुकै बेला उपलब्ध हुने बताए। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफ्ना लागि नयाँ भएको भन्दै आफूले जहाँसम्म राम्रै गर्ने प्रयास गरेको बताए।

सूचना प्रविधिबिना विकासका कामहरु अब असम्भव रहेको उनको भनाइ छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकमा खतिवडाले राजीनामा घोषणा गरेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि डा. खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुँदै छन्। उनले स्वतः पदमुक्त हुनुअघि नै राजीनामा दिएका हुन्।

२ चैत २०७४ मा खतिवडा अर्थमन्त्री नियुक्त भएका थिए। राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित भएका उनको २० फागुन २०७६ मा पदावधि सकिएपछि सोही दिन राजीनामा दिएका थिए।

पुनः भोलिपल्ट प्रधानमन्त्रीले दोस्रो कार्यकालका लागि अर्थमन्त्रीमा नियुक्त गरेका थिए। संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ। त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ।

प्रकाशित: Sep 04, 2020| 19:20 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।