काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) ले स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।
सघका महासचिव डा. बद्री रिजालले विज्ञप्ती निकालेर स्वास्थ्य सेवा प्रभावित हुने गरी गरिएको आक्रमण क्षम्य नभएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
स्वयम्भूस्थित मनमोन अस्पतालमा बिहीबार राति ९ बजे आकस्मिक कक्षमा झडप भएको थियो। एक समूहले चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरुलाई समेत हातपात गरी ईसिजी मेसिन, ड्रेसिङ ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेका थिए।
अस्पतालका निर्देशक धर्म सुवेदीले १५ लाख बराबरको क्षति भएको जनाएका छन्। आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियनत्रणमा लिएको र अन्यको खोजी भइरहेको उनले जानकारी दिए।
