पर्सा- पर्सामा संक्रमित हुनेसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्यासमेत बढेको छ।
जिल्लामा २ हजार ३४४ संक्रमितमध्ये १ हजार ३१९ जना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए।
बालबालिका तथा वृद्धमा कोरोनाले बढी असर गरेकाले उनीहरुमा कोरोना निको हुन समय लाग्ने गरेको उपचारमा संलग्न चिकित्सक डा. उदय नारायण सिंहले बताए।
जिल्लामा हालसम्म ५२८ महिलासहित २ हजार ३७१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २४ जना भारतीय नागरिक, १३७ जना स्वास्थ्यकर्मी, १२१ जना सुरक्षाकर्मी, १४ जना पत्रकार, १७ जना थुनुवा, ४१ जना अस्पताल सफाईकर्मी र ३ जना एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको हो।
पर्सामा २९ महिलासहित ९७ जना विभिन्न अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा छन् भने २ सय ९९ महिला सहित ९ सय ८ जना होम आइसोलेसनमा छन्।
६ जना आईसीयुमा उपचाररत रहेको नारायणी अस्पतालका प्रवक्ता तथा चिकित्सक डा. चितरञ्जन साहले बताए।