शुक्रबार, भदौ १२, २०८३

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।

मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी मन्त्री खतिवडाले साँझसम्म राजीनामा बुझाउने घोषणा गरेका थिए।

बैठकमा उनले अहिलेसम्मको मन्त्रालयको काम र आगामी दिनमा के गर्ने भन्नेबारे ब्रिफिङ गरेका थिए।  

प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद्मा रहेर सहयोग गरेको र अब बाहिरबाट सहयोग गर्न भन्दै खतिवडालाई धन्यवाद दिएका थिए।

राजीनामा बुझाउनु अघि मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा पनि सहभागी भएका थिए।

त्यस्तै उनी सञ्चार तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा पनि सहभागी भए।

प्रकाशित: Sep 04, 2020| 18:34 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।