शुक्रबार, भदौ १२, २०८३

कोरोना तथ्यांकमा नयाँ रेकर्ड

कोभिड-१९ को तथ्यांकमा नेपालमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- कोभिड-१९ को तथ्यांकमा नेपालमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् भने सबैभन्दा बढी संक्रमणमुक्त भएका छन्।

यस्तै सबैभन्दा बढीलाई आईसीयुमा राखिएको छ भने सबैभन्दा बढी भेन्टिलेटरमा उपचाररत भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ। त्यस्तै आजै काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सबभन्दा धेरै १ हजार ३५९ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ३५४ जना संक्रमणमुक्त भएका छन्।

यसअघि सबैभन्दा धेरै बुधबार १ हजार ११२ जना संक्रमणमुक्त भएका थिए।

यस्तै आज विभिन्न अस्पतालमा आईसीयुमा १५१ र भेन्टिलेटरमा २६ जना कोरोना संक्रमित उपचाररत छन्। यो संख्या पनि अहिलेसम्ममा एकै दिन देखिएको सबैभन्दा बढी हो।

त्यस्तै आज काठमाडौंमा पनि सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा ३८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। यसअघि काठमाडौंमा सबैभन्दा धेरै आइतबार ३७२ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै कोरोना सक्रमितको मृत्यु हुनेमा पनि शुक्रबार १४ जना छन्। यसअघि आइतबार पनि १४ जना संक्रमितको नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Sep 04, 2020| 18:25 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।