शुक्रबार, भदौ १२, २०८३

चितवनमा १२ दिन निषेध आदेश थप

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शुक्रबार) बसेको बैठकले शनिबारदेखि निषेध आदेश थप गर्ने निर्णय गरेको हो। प्रशासनले लागू गरेको तेस्रो चरणको निषेध आदेश आज राति १२ बजेदेखि सकिँदै छ।

थप गरिएको निषेधाज्ञालाई भने सामान्य खुकुलो बनाइएको छ। यो आदेशसँगै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल सञ्चालन गर्न पाइने छ।

चितवनमा संक्रमण दर बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेध आदेशको अवधि एक साता थप गर्ने निर्णय गरिएको हो।

प्रकाशित: Sep 04, 2020| 17:06 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।