शुक्रबार, भदौ १२, २०८३

यी हुन् आज संक्रमित नथपिएका २१ जिल्ला, कहाँ कति थपिए?

पछिल्लो २४ घण्टामा मुलुकका २१ जिल्लामा कोरोना भाइरस नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका २१ जिल्लामा कोरोना भाइरस नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज संक्रमित नथपिएका जिल्लामा भोजपुर, धनकुटा, इलाम, पाँचथर र संखुवासभा छन्।

यस्तै सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुममा पनि संक्रमित थपिएका छैनन् भने मनाङ, मुस्ताङ र पर्वतमा पनि संक्रमित नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

संक्रमित नथपिएका अन्य जिल्लामा पश्चिम नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, डोल्पा, हुम्ला, कालिकोट, मुगु, बाजुरा र डडेल्धुरा छन्।

५६ जिल्लामा थपिए संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका ५६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार झापामा २८, खोटाङमा दुई, मोरङमा ७६ र ओखलढुंगामा दुई जना संक्रमित थपिएका छन्। सुनसरीमा ३९ तथा उदयपुरमा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

आज प्रदेश २ र बागमतीका सबै जिल्लामा कोरोना संक्रमितको संख्या थपिएको छ। मन्त्रालयको विवरणअनुसार सप्तरीमा २६, सिरहामा एक तथा धनुषामा ४३ जना संक्रमित थपिएका छन् भने महोत्तरीमा ४६ तथा सर्लाहीमा ८० जना संक्रमित थपिएका छन्।

बारामा २१, पर्सामा २७ र रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

सिन्धुलीमा थपिएकामा दुई जना छन्। रामेछापमा १३, दोलखामा दुई तथा भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन् भने आज पनि काठमाडौंमा सबैभन्दा बढी ३८६ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।

धादिङमा १९, काभ्रेमा सात, ललितपुरमा ३२, नुवाकोटमा पाँच जना संक्रमित थपिएका छन्। सिन्धुपाल्चोकमा आज थप चार जनामा कोरोना भाइरस संक्रमण भएको छ भने चितवनमा ८३ तथा मकवानपुरमा १८ जना संक्रमित थपिएका छन्।

गोरखामा २६, बाग्लुङमा एक, कास्कीमा २० र लमजुङमा १० जना संक्रमित थपिएका छन्। यस्तै आज म्याग्दीमा एक, पूर्वी नवलपरासीमा २८ र तनहुँमा १२ जना संक्रमित थपिएका छन्। कपिलवस्तुमा सात, रुपन्देहीमा ४४, गुल्मीमा दुई र पाल्पामा ६ जनामा संक्रमण भएको छ। 

पछिल्लो २४ घण्टामा दाङमा सात, पूर्वी रुकुममा एक, बाँकेमा ४८, बर्दियामा १४ र पश्चिम रुकुममा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

सल्यानमा एक, जुम्लामा २१, सुर्खेतमा २२, दैलेखमा नौ र जाजरकोटमा दुई जना संक्रमित थपिएका छन्।

यस्तै कैलालीमा ५२, अछाममा एक, डोटीमा चार, बझाङमा तीन, कञ्चनपुरमा पाँच तथा बैतडी र दार्चुलामा तीन तीन जना संक्रमित थपिएका छन्।

यसरी पछिल्लो २४ घण्टामा ४६४ महिला र ८९५ गरी एक हार ३५९ जनामा कोरोना संक्रमण भएको छ। नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

प्रकाशित: Sep 04, 2020| 16:54 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।