विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च हो।
मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष छन्। मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापाको ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ।
प्रदेश १ मा ७२ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा शुक्रबार सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ।
प्रदेश १ मा शुक्रबार आज २ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।