काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५९ जनामा कोरोना पुष्टि भएको छ।
जसमध्ये ४६४ जना महिला र ८९५ जना पुरुष छन्। योसहित नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या ४४ हजार २३६ पुगेको छ।
नेपालमा हाल १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्। जसमध्ये १० हजार ९४२ जना संस्थागत आइसोलेसन र ७ हजार ४६२ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा ७ लाख ४५ हजार ४९० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ छ, यो ५८ प्रतिशत हो।
पछिल्लाे २४ घण्टामा नेपालमा १४ जनाकाे मृत्यु भएकाे छ। नेपालमा हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेकाे छ।