सोमबार, असार २९, २०८३

यूएस ओपन : सेरेना र डोमिनिक थिम तेस्रो चरणमा

६ पटकको यूएस ओपन च्याम्पियन सेरेना विलियम्स ग्राण्डस्लामका तेस्रो चरणमा प्रवेश गरेकी छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– ६ पटकको यूएस ओपन च्याम्पियन सेरेना विलियम्स ग्राण्डस्लामका तेस्रो चरणमा प्रवेश गरेकी छन्। उनले रसियन मार्गरिटा गास्पर्यनलाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गरेकी हुन्।

३८ वर्षे, अमेरिकन स्टार सेरेनाले ११७ वरियताकी मार्गरिटामाथि पहिलो खेलमा सानदार जित निकालेकी थिइन् भने दोस्रो खेलमा पनि सहज जित निकालिन्।

सेरेनाले तेस्रो चरणको खेलमा २०१७ को च्याम्पियन सलोयन स्टेफेनसँग प्रतिस्पर्धा हुनेछ।

सेरेनाले अबको प्रतिस्पर्धा पहिलेको जस्तो सहज नभएको बताएकी छन्। ‘स्टेफेन उत्कृष्ट खेलाडी हुन्। उनी राम्रो खेल्छिन्,’ सेरेनाले भनिन्, ‘तर उनले बल लगाएर खेलेजस्तै देखिँदैन।’

त्यस्तै ७७ नम्बर वरियताकी सोरना क्रिस्टिसँग १३ औं बरियताकी जोहान्ना कोन्टा बाहिरिएकी छिन्। कोन्टाले क्रिस्टिसँग २–६, ७–६(७–५) र ६–४ को सेटमा हार बेहोरेकी हुन्। कोन्टाले अष्ट्रेलियामा भएको पछिल्लो ग्राण्डस्लाममा पनि पहिलो राउन्डमै हार बेहोरेकी थिइन्।

प्रतियोगिता अन्तर्गत गएरातिकै खेलबाट पुरुषतर्फ तेस्रो बरियताका डोमिनिक थिम तेस्रो चरणमा प्रवेश गरेका छन्। उनले इन्डियाका सुनिम नगललाई ६–३, ६–३ र ६–२ को सेटमा पराजित गरेका हुन्।

प्रकाशित: Sep 04, 2020| 12:11 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।