सोमबार, असार २९, २०८३

यूईएफए नेसन्स लिगमा रसिया र हंगेरीको जित

बिहीबार राति सम्पन्न खेलमा रसियाले सर्वियालाई हंगेरीले टर्कीलाई हराएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रसियाले सर्वियालाई हराएको छ। रसियाको ले यासिन रंगशलामा सम्पन्न खेलमा उसले पाहुना टिमलाई ३-१ गोलअन्तरले हराएको हो।

पहिलो हाफमा बराबरी भएको खेलमा सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो।

खेलको ४८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अर्टेम डिज्युवाले गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाए। साथै खेलको ६९ औं मिनेटमाा व्यास्लेभ करावयेवले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यता खेलको ७८ औं मिनेटमा सर्वियाका अलेक्सेन्डर मित्रोविकले गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेन्। यता डिज्युवाले नै ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जितलाई ३-० मा पुर्याए।

जितसँगै रसिया लिग बी अन्तर्गत समूह ३ को शीर्षस्थानमा छ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा हंगेरीले टर्कीलाई १–० गोल अन्तरले हराएको छ। टर्कीलाई हराउँदै हंगेरीले तीन अंक जोडेको छ। हंगेरी समूहको दोसो स्थानमा छ भने टर्की तेस्रो स्थानमा छ।

त्यस्तै गएराति सम्पन्न अन्य खेलमा स्लोवेनिया र ग्रिसले गोलरहित बराबरी खेलेको छ भने वेल्सले फिनल्यान्डलाई १–० गोल अन्तरले परातिज गरेको छ।

आजका खेलहरु-

इटाली र बोसनियाँ हर्जगोभिना, राति साढे १२ बजे

स्कटल्यान्ड र इजरायल, राति साढे १२ बजे

नेदरल्यान्ड र पोल्यान्ड, राति साढे १२ बजे

नर्वे र अट्रिया, राति साढे १२ बजे

प्रकाशित: Sep 04, 2020| 08:19 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।