सोमबार, असार २९, २०८३

बराबरीमा रोकिए जर्मनी र स्पेन, युक्रेन समूहको शीर्षस्थानमा

युईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनी र स्पेनले बराबरी खेलेका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- युईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनी र स्पेनले बराबरी खेलेका छन्। जर्मनीको सुटरगार्डमा सम्पन्न खेलमा दुवै देशले १–१ गोलको बराबी खेलेका हुन्।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दुवै टिमको गोल दोस्रो हाफमा मात्र सम्भव भएको थियो।

खेलको ५१ औं मिनेटमा रोविन गोसेन्सको पासमा टिमो वार्नले गोल गरेका थिए। उनको गालेसँगै अग्रता बनाएको जर्मनीले खेलको इन्ज्युरी समयमा अग्रता गुमायो। रोड्रिगोले दिएको पासलाई जोस लुइस गयाले गोलमा परिणता गरेपछि खेल बराबरी भएको हो।

बिहीबार रातिको खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गर्दै स्पेनका युवा खेलाडी अन्सू फातीले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका छन्। तर उनले गोल गर्न भने सकेनन्।

लिग ए अन्तर्गत ग्रुप ४ को खेलमा बराबरीका साथ स्पेन र जर्मनी दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यता सोही समूहको अर्को खेलमा युक्रेनले स्विजरल्यान्डलाई २–१ गोलअन्तले पराजित गरेको छ।

स्विजरल्यान्डलाई हराउँदै युक्रेनले तीन अंक जोडेर समूहको शीर्षस्थानमा छ भने स्विजरल्यान्ड समूहको अन्तिममा छ।

अर्को चरणको खेलमा स्पनेले मड्रिडमा युक्रेनको समाना गर्नेछ भने स्विजरल्यान्डले घरेलु मैदानमा जर्मनीसँग आउँदो सात तारिकमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Sep 04, 2020| 07:38 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।