वीरगन्ज– पर्सामा २६ र बारामा १९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
वीरगन्जको नारायणी अस्पतालले ५ सय ८४ वटा स्वाब टेष्ट गर्दा १० महिला सहित ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमित हुनेमा बारा जिल्लाको निजगढ इलाका प्रहरी कार्यालयका ६ जना, सशस्त्र प्रहरी बल पिलुवाका २ जना, कामना विकास बैंकका १ जना र निजगढ नगरपालिकाका १४ जना रहेका छन् ।
यसैगरी पर्सामा नेपाल ईन्भेष्टमेन्ट बैंकका ५ जना, वीरगन्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, १४ र २२ मा दुई दुई जना त्यसैगरी वडा नम्बर ८, १५, २१ मा एक एकजना कोरोना संक्रमित थपिएका हुन् ।
पर्साको ग्रामिण भेगमा कालिकामाई गाऊँपालिका वडा नम्बर १ मा २ जना र ३ मा एकजना त्यसैगरी सखुवा प्रसौनी गाऊँपालिका वडा नम्बर ४ मा २ जना ५ मा एकजना र पटेर्वा सुगौलि गाऊँपालिकामा एक जना गरी पर्सामा २६ जना संक्रमित थपिएका छन् ।