शुक्रबार, भदौ १२, २०८३

ललितपुरको चक्रपथभित्र शुक्रबार कर्फ्यू

जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यू लगाउने निर्णय गरेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

ललितपुर– जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यू लगाउने निर्णय गरेको छ।

बिहीबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।

सुरक्षा संवेदनशीलता ख्याल गर्दै कर्फ्यू लगाउने निर्णयमा पुगेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नेपाल समयलाई जानकारी दिए।

आज (बिहीबार) निषेध आदेशकाबीच स्थानीयले रातो मछिन्द्रनाथको रथ यात्रा सुरु गरेका थिए। रथ यात्रा नगर्न स्थानीय प्रशासनको आग्रहपछि झडप भएको थियो। झडपमा प्रहरी कुटपिट गर्ने ९ जना पक्राउ परेका छन्। झडपपछि रथ यात्रा रोकिएको छ।

 

प्रकाशित: Sep 03, 2020| 21:53 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।