सोमबार, असार २९, २०८३

बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बिमा

नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बिमा गरिदिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बिमा गरिदिएको छ। वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणीका २० निर्णायक गरी ५२ जनाको संघले बिमा गरिदिएको हो।

जनही १ लाखका दरले ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बिमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।

बिमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ। बक्सिङ संघका अध्यक्ष राम अवालेले बिमाको पत्र प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा संघका प्राविधिक कमिटीका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गरेका छन्।

अध्यक्ष अवालेले आठौँ राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना बिमा गरिदिने प्रतिबद्धता जनाएका छन्।

३८ रेफ्री जर्जको कोरोना बिमा

पूर्व बक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बिमा गरिदिएका छन्। संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले व्यक्तिगत खर्चमा रेफ्री जर्जको बिमा गरिदिएका हुन्।

बिमितमध्ये १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज छन्।
पूर्व बक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बिमाको पोलिसी आठौँ दक्षिण एसियाली खेलकुद (साफ)का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे।

श्रेष्ठले यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको बिमा गरिदिएका थिए।

कोरोना बिमा पत्र हस्तान्तरणपछि, बायाँबाट दीपक महर्जन, राम अवाले र प्रकाश थापा मगर

प्रकाशित: Sep 03, 2020| 17:45 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।