मंगलबार, असार ३०, २०८३

लंका प्रिमियर लिग १४ नोभेम्बरबाट, पीसीएल पनि नोभेम्बरमै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)भन्दा पहिला सुरु हुने लंका प्रिमियर लिग (एलपीएल) कोरोनाका कारण १४ नोभेम्बरबाट सुरु हुने भएको छ। आईपीएल सकिएको चार दिनपछि श्रीलंकाको लिग सुरु हुने भएको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)भन्दा पहिला सुरु हुने लंका प्रिमियर लिग (एलपीएल) कोरोनाका कारण १४ नोभेम्बरबाट सुरु हुने भएको छ। आईपीएल सकिएको चार दिनपछि श्रीलंकाको लिग सुरु हुने भएको हो।

आईपीएलको यो सिजन कोरोना महामारीका कारण लामो समय स्थगित भएर १९ सेप्टेम्बरबाट यूएईमा सुरु हुँदैछ भने प्रतियोगिता १० नोभेम्बरसम्म चल्नेछ।

त्यस्तै १४ नोभेम्बरबाट सुरु हुने लंका प्रिमियर लिग ६ डिसेम्बरमा सकिनेछ। यसपहिले प्रतियोगिता २८ अगस्टबाट २० सेप्टेम्बरसम्म आयोजना गरिएको थियो।

एलपीएलमा पाँच टिमको सहभागिता रहन्छ। जसमा कोलम्बो किंग्स, गाले लायन्स, केन्डी रोयल्स, जाफना सनलाइजर्स र दाम्बुला क्यापिटल्स छन्। प्रतियोगितामा यि टिमबीच २३ खेल हुनेछ।

एलपीएलमा ९३ अन्तर्राष्ट्रिय खेलाडीले सहभागीता जनाउने छन् भने एक फ्रेन्चाइज क्लबले ६ जना विदेशी खेलाडी राख्न पाउने नियम छ। त्यसमा पनि एउटा खेलमा अधिकतम ४ विदेशी खेलाडी समावेश गराउने पाइने छ।

पीसीएल पनि नोभेम्बरमै

कोरोनाको महामारी ह्वात्तै बढेपछि पाकिस्तान सुपर लिग(पीसीएल)ले मार्च १७ मा ४ खेल बाँकी रहँदै प्रतियोगिता स्थगित गरेको थियो। स्थगित भएका ४ खेल अब नोभेम्बर १४ बाट हुने तय भएको पाकिस्तान क्रिकेट बार्डले जानकारी दिएको छ।

पीसीएलका सबै खेल लाहोरमा हुने छन् भने यसको फाइनल खेल १७ नोभेम्बरमा हुनेछ। पीसीएलको चारमात्र फाइनल खेल बाँकी छन्। जसमा मुल्तान सुल्तान, कराची किंग्स, लाहोर कलन्दर्स र पेशावर जाल्मी छन्।

पहिलो खेलमा मुल्तान सुल्तानसँग कराँची किंग्सले खेल्नेछ भने दोस्रो खेलमा लाहोर कलन्दर्ससँग पेशावार जाल्मी भिड्ने छ। यी दुवै खेलका विजेता फाइनल खेल्नेछन् भने पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Sep 03, 2020| 17:03 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।