सोमबार, असार २९, २०८३

बीसीसीआईका मेडिकल अफिसरलाई कोरोना संक्रमण

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार कोरोना संक्रमित थपिन थालेका छन्।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार कोरोना संक्रमित थपिन थालेका छन्।

पछिल्लो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीई) को युएईमा रहेको मेडिकल टिमको एकजना अफिसरलाई पनि कारोना संक्रमण देखिएको हो।

मेडिकल अधिकारीका साथै नेशनल क्रिकेट एकेडेमी (एनसीए) का २ जनालाई पनि कोरोना संक्रमण देखिएको छ।

बोर्डले समाचार एजेन्सी एएनआईलाई भनेको छ, ‘हाम्रो मेडिकल टिमको एकजनालाई कोरोना संक्रमण देखिएको छ। तर यो ठूलो कुरा होइन, किनभने संक्रमितमा कुनै प्रकारको लक्षण छैन र उनी आइसोलेसनमा छन्। उनी कसैको पनि सम्पर्कमा थिएनन्।’

६ दिन पहिला पनि आईपीएलसँग जोडिएका धेरै मानिसलाई कारोना लागेको थियो। तर बोर्डल खेलाडी र टिमको नाम खुलाएको छैन।

तर मिडियाहरुले चेन्नईका खेलाडीलाई कोरोना देखिएको बताएका थिए। तर संक्रमित बाहेकका खलाडीलाई भोलि (शुक्रबार)देखि क्लबले अभ्यास सुरु गराउने बताएको छ।

बीसीसीआईले आउँदो सिजनका लागि २० हजार कोरोना टेस्ट गराउने बताएको छ।

उसले १० करोड रुपौयाँ कोरोना परीक्षणका लागि मात्र खर्च गर्ने बताएको हो। उसले एक परीक्षण बराबर ६ हजार ३५३ रुपैयाँ (३ हजार ९७१भारु) खर्च गरेको छ।

कोरोना जाँचका लागि आईपीएलले ७५ कर्मचारी खडा गरेको छ।

प्रकाशित: Sep 03, 2020| 15:40 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।