सोमबार, असार २९, २०८३

क्यानले खुलायो मुख्य प्रशिक्षकसहित विभिन्न पदमा आवेदन

क्यानले मुख्य प्रशिक्षक, जेनेरल मेनेजर, चिफ फाइनान्स अफिसर, प्रत्येक प्रदेशका लागि १–१ जना प्रशिक्षक र क्रिकेट मेनेजर गरि ११ पद पदका लागि दर्खास्त आह्वान गरेको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षसहित विभिन्न पदका लागि आवेदन माग गरेको छ। आज(बिहीबार) एक सूचना जारी गर्दै क्यानले आवेदन मागेको हो।

गत वर्षको माघमा सम्पन्न आईसीसी लिग दुईको त्रिकोणात्मक शृंखलापछि नेपाली पुरुष क्रिकेट टिम मुख्य प्रशिक्षकविहिन छ। त्यसयता प्रशिक्षक जतग टमाटाले नेपाली क्रिकेट टोली सम्हाल्दै आएको भए तापनि क्यानले प्रशिक्षकको खाजी जारी राखेको थियो।

गत असार २३ गतेको बैठकले छिटै प्रशिक्षकको आह्वान गर्ने बताएको थियो।

सोही निर्णय बमोजिम क्यानले मुख्य प्रशिक्षक, जेनेरल मेनेजर, चिफ फाइनान्स अफिसर, प्रत्येक प्रदेशका लागि १–१ जना प्रशिक्षक र क्रिकेट मेनेजर गरि ११ पद पदका लागि दर्खास्त आह्वान गरेको हो।

साथै क्यानले असोेज ७ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताएको छ।

मुख्य प्रशिक्षकका लागि यस्ता छन् योग्यता

मुख्य प्रशिक्षकका लागि इसिबी वा सिए लेभल ३ को क्रिकेट प्रशिक्षण योग्यता हुनुपर्ने छ।

त्यस्तै प्रशिक्षकसँग आइसिसीको पूर्ण सदस्य हुन फस्ट क्लास टीम, एसोसिएट टिम या अन्तर्राष्ट्रिय लिग जस्ता क्षेत्रमा ३ वर्षको व्यवसायिक प्रशिक्षण अनुभव भएको हुनुपर्नेछ।

त्यस्तै एसोसिएट राष्ट्रको ओडिआइ साइकल, क्रिकेट कल्चरलगायतका कुराहरु बुझेको हुनुपर्ने छ भने अंग्रेजी राम्रो दख्खल राख्ने, कम्प्युटर स्किल भएको तथा नेपाली क्रिकेटलाई बुझेको ब्यक्ति क्यानको प्राथमिकतामा राखिने क्यनले बताएको छ।

प्रशिक्षकको उमेरहद ६० वर्ष ननाघेको हुनुपर्ने छ।

प्रकाशित: Sep 03, 2020| 11:12 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।