सोमबार, असार २९, २०८३

रियल मड्रिडका रोड्रिग्वेज एभर्टन जाने

स्पेनिस लिग विजेता रियल मड्रिडका अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिग्वेज प्रिमियर क्लब एभर्टनमा अनुबन्ध हुने भएका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– स्पेनिस लिग विजेता रियल मड्रिडका अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिग्वेज प्रिमियर क्लब एभर्टनमा अनुबन्ध हुने भएका छन्। उनलाई एभर्टनले यो हप्तान्तमा २० मिलियन पाउन्ड खर्च गरेर तीन वर्षका लागि अनुबन्ध गर्ने भएको हो।

२९ वर्षे कोलम्बियन फुटबलर रोड्रिग्वेजले एभर्टनको प्रशिक्षक कार्लो एन्सेलोटीको प्रशिक्षणमा रियल मड्रिडमा उत्कृष्ट खेल प्रस्तुत गरेका थिए। साथै लोनमा रहँदा बायर्न म्युनिखमा पनि सम्झनलायक प्रदर्शन गरेका थिए।

यता, प्रशिक्षक एन्सेलोटीले २०१३ देखि २०१५ सम्म मड्रिडमा दुई सिजन बिताएका थिए भने त्यसपछिको एक सिजन बायर्नमा बिताएका थिए।

अघिल्लो सिजनमा मात्र एभर्टन पुगेका एन्सेलोटीले रोड्रिग्वेजलाई क्लबमा भित्र्याउन चाहेका हुन्। वर्षको डिसेम्बरमा मात्र क्लब प्रवेश गरेका एन्सेलोटीको यो नै पहिलो खेलाडी साइनिङ हुनेछ।

पछिल्लो समय रोड्रिग्वेज मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको स्क्वाडमा पर्न छोडेका छन्। उनलाई भविष्यबारे सोच्नका लागि प्रि–सिजन प्रशिक्षणमा पनि समय उलब्ध गराइएको छ भने आउँदो सिजनको अन्तिममा रियलमा उनको सम्झौता पनि सकिँदै छ।

रोड्रिग्वेजले २०१४ को विश्वकपको पाँच खेलमा सात ६ गोल गर्दै गोल्डेन बुट पाए। मोनाको क्लबमा रहेका रोड्रिग्वेज त्यसपछि ७१ मिलियन पाउन्डमा स्पेनिस क्लबमा अनुबन्ध भएका थिए।

प्रकाशित: Sep 02, 2020| 18:58 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।