सोमबार, असार २९, २०८३

आईपीएल : चेन्नईले सप्टेम्बर ४ बाट प्रशिक्षण सुरु गर्ने

फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्स (सीएसके)का कोरोनामुक्त खेलाडीहरुले ४ सेप्टेम्बरबाट प्रशिक्षण सुरु गर्ने भएका छन्। सीएसकेले सोमबार गरेको अतिरिक्त परीक्षणमा कोरोनामुक्त रहेका खेलाडीले सेप्टेम्बर ४ तारिखबाट खेल सुरु गर्ने भएका हुन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्स (सीएसके)का कोरोनामुक्त खेलाडीहरुले ४ सेप्टेम्बरबाट प्रशिक्षण सुरु गर्ने भएका छन्। सीएसकेले सोमबार गरेको अतिरिक्त परीक्षणमा कोरोनामुक्त रहेका खेलाडीले सेप्टेम्बर ४ तारिखबाट खेल सुरु गर्ने भएका हुन्।

यूएईमा आउँदो १९ तारिखबाट तय भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को लागि अगस्ट २१ तारिखमा त्यहाँ पुगेको सीएसकेका खेलाडीमा कोरोना देखिएपछि उसको प्रशिक्षण सुरु भएको छैन।

गत हप्तामात्र २ खेलाडीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसलाई कोरोनाको संक्रमण भएको छ, उनीहरुलाई अहिले छुट्टै होटेलमा राखिएको छ।

संक्रमित २ जनाबाहेक नेगेटिभ रिपोर्ट आएका अन्य खेलाडीको भने प्रशिक्षण थाल्ने क्लबले बताएको हो। बाँकी खेलाडीको दोस्रो टेस्ट ३ सेप्टेम्बरमा गरिने छ र सो टेस्टमा पनि नकारात्मक आए खेलाडीले अभ्यासमा सहभागिता जनाउन पाउने छन्।

तर, दुई हप्ताका लागि क्वारेन्टिनमा बसिरहेका खेलाडी तथा स्टाफहरुको भने क्वारेन्टिन अवधि सकिएपछि मात्र कोरोना टेस्ट हुनेछ।

खेलाडीमा कोरोना देखिएपछि अहिलेसम्म सीएसकेबाहेक सबै टिमले प्रशिक्षण सुरु गरिसकेका छन्। ‘अर्को टेस्ट सेप्टेम्बर ३ तारिखमा छ। हामी सेप्टेम्बर ४ तारिखबाट प्रशिक्षण सुरु गर्ने तयारीमा छौं,’ क्लबका अध्यक्ष काशी विश्वनाथनले भने।

 

प्रकाशित: Sep 02, 2020| 14:47 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।