बुधबार, चैत ४, २०८२

यूएस ओपन : सेरेना विलियम्सको जितले बनायो नयाँ रेकर्ड

अमेरिकाको न्युयोर्कमा जारी यूएस ओपन टेनिसको पहिलो चरणको खेलमा टेनिस स्टार सेरेना विलियम्सले कीर्तिमानी जित निकालेकी छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– अमेरिकाको न्युयोर्कमा जारी यूएस ओपन टेनिसको पहिलो चरणको खेलमा टेनिस स्टार सेरेना विलियम्सले कीर्तिमानी जित निकालेकी छन्। उनले अमेरिकी खेलाडी क्रिष्टी एनलाई हराउँदै यूएस ओपनमा १०२ जितको रेकर्ड समेत बनाएकी हुन्।

National life

अमेरिकाकी क्रिस एवर्टको १०१ जितको रेकर्डलाई पछि पार्दै सेरेना पुरुष–महिला दुवै खेलाडीमध्ये धेरै जित निकाल्ने खेलाडी बनेकी छन्। उनले मंगलबार रातिको खेलमा अमेरिकाकी एनलाई सोझो सेटमै हराउँदै सो रेकर्ड बनाएकी थिइन्।

उनले एनलाई ७–५ र ६–३ को सेटमा हराएकी थिइन्। ६ पटककी यूएस ओपन च्याम्पियन सेरेनाको ले २२ औं पटक यूएस ओपनमा सहभागिता जनाएकी छन्। २३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले जारी प्रतियोगिताको उपाधि हात पारेमा त्यो उनको २४ औं ग्राण्डस्लाम उपाधि हुनेछ।

गएराति नै भएको अर्को प्रतिस्पर्धामा सेरेनाकी दिदी विनस विलियम्स भने पहिलो पटक यूएस ओपनको पहिलो राउन्डबाटै बाहिरिएकी छिन्।

जितपछि सेरेनाले दर्शक नभएको रंगशालामा आफूले आफैंलाई प्रेरणा दिँदै खेलमा सहभागी भएको बताएकी छिन्। कोरोनापछि सुरु भएको प्रतियोगितामा सेरेनाको यो पहिलो जित हो।

Laxmi sunrise bank
kumari

उनले प्रतियोगिताको पहिलो चरणका ७४ खेलमा जित निकालेकी छन् भने एक खेलमा मात्र हार बेहारेकी छन्। तर सोझो सेटमा उनले धेरै समयपछि मात्र जित निकालेको बताएकी छन्।

प्रकाशित: Sep 02, 2020| 12:35 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।