शुक्रबार, भदौ १२, २०८३

मोरङमा २२ भदौसम्म निषेध आदेश जारी

जिल्ला प्रशासन कार्यालय मोरङले पनि निषेध आदेश जारी गरेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- जिल्ला प्रशासन कार्यालय मोरङले पनि निषेध आदेश जारी गरेको छ।

कोभिड-१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै आज (सोमबार) मध्यराति १२ बजेदेखि लागू हुने गरेर २२ भदौ मध्यरात १२ बजेसम्म निषेध आदेश जारी गरेको हो।

मोरङमा अहिलेसम्म १ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भइसकेको छ। संक्रामक रोग ऐन, २०२० अनुसार थप उपायहरु अवलम्बन गर्न निषेध आदेश जारी भएको हो।

आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने काममा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको निषेध आदेशमा भनिएको छ।

निजी सवारी साधन जोर विजोरमा सञ्चालन गर्न पाइने, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय आवश्यक मापदण्ड पुरा गरेर दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने, अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु शनिबार पूर्ण रुपमा बन्द गर्ने आदेशमा भनिएको छ।

सैलुन, ब्युटीपार्लर, सब्जीमण्डी, सभा समारोह, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, मेला, चाडपर्व, जात्रा, महोत्सवक, भेला तथा अन्य सामुहिक गतिविधि गर्न नपाइने, जिल्लाभरीमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने, अत्यावश्यक बोहक १० वर्षभन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरुलाई कुनै पनिकाममा घरबाहिर आवतजावत गर्न नदिने, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास बाहेक अन्य कुनै पनि जिल्लाको सवारी साधन जिल्ला भित्र प्रवेश गर्न नपाउने लगायत आदेशमा भनिएको छ।

प्रकाशित: Sep 01, 2020| 20:27 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।