काठमाडौं- प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले चारवटा विकल्प प्रस्तुत गरेका छन्।
ट्वीटरमा आफ्नो सुझाव राख्दै भट्टराईले भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोल्नुपर्ने बताएका छन्।
उनले मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्न सकिने पनि बताएका छन्।
त्यस्तै तेलमाझैँ मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गर्नुपर्ने उनको सुझाव छ। उनले देशभित्रै प्रांगारिक मल प्रबद्र्धन गर्नका लागि पनि काम गर्नुपर्ने बताएका छन्।