शुक्रबार, भदौ १२, २०८३

बैतडीमा सुत्केरीको मृत्यु

बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं स्वास्थ्यचौकीमा बच्चा जन्माएकी सोही ठाउँकी अन्दाजी ३२ वर्षीया निर्मला बोहोराको मृत्यु भएको हो।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं स्वास्थ्यचौकीमा बच्चा जन्माएकी सोही ठाउँकी अन्दाजी ३२ वर्षीया निर्मला बोहोराको मृत्यु भएको हो।

सोमबार साँझ साढे ५ बजे स्वास्थ्य संस्थामा सुत्केरी भएकी बोहराको घरमा पुगेपछि साँझ साढे सात बजेतिर मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

नवजात शिशुको स्वास्थ्य अवस्था भने समान्य रहेको बताइएको छ।

मृतकका परिवारले स्वास्थ्यकर्मीहरुको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाएका भएपनि स्वास्थ्यकर्मीहरुले भने सुत्केरीमा कुनै खतरा लक्षण नदेखिएकाले घर पठाएको दाबी गरेका छन्। रासस

प्रकाशित: Sep 01, 2020| 19:20 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।