शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग गरे युरिया मल आपूर्तिका लागि अनुरोध

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग गरे युरिया मल आपूर्तिका लागि अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग तत्काल युरिया मल आपूर्तिका लागि अनुरोध गरेका छन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग तत्काल युरिया मल आपूर्तिका लागि अनुरोध गरेका छन्।

बंगलादेशका प्रधानमन्त्री सेख हसिनासँग मंगलबार टेलिफोन संवाद गरी प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले हसिनासँग नेपालमा तत्काल युरिया मल आपूर्तिका लागि ट्विट गरेर जानकारी दिएका छन्।

आफ्नो अनुरोधलाई बंगलादेशी प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भएको छ।

नेपालमा अहिले युरिया मलको अभाव देखिएको छ। किसान दैनिक कृषि सामग्री केन्द्रहरुमा धाइरहेका छन्।

प्रकाशित: Sep 01, 2020| 18:36 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।