शुक्रबार, भदौ १२, २०८३

मोरङमा एक साता निषेध आदेश थपियो

मोरङमा एक साताका लागि निषेध आदेश थप गरिएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

विराटनगर–मोरङमा एक साताका लागि निषेध आदेश थप गरिएको छ । खुकुलो प्राबधानसहित एक साता निषेध आदेश लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

यसअघि दुई पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेध आदेश २२ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय भएको हो।

निषेध आदेश अवधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ।

बजार तथा पसल अब चार बजेसम्म खुला हुनेछ। यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुला गरिएको थियो। प्रशासनले शनिबार भने अत्यावश्यकबाहेकका पसल सञ्चालनमा रोक लगाएको छ।

सरकारी कार्यालयले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिकाअनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ।
उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन्।

जिल्लाभर राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

 

प्रकाशित: Sep 01, 2020| 17:38 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।