काठमाडौं– आज (मंगलबार) पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगुमा एउटा पनि सक्रिय संक्रमित छैनन्।
अन्य चार जिल्लामा भने एक हजारभन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं, सर्लाही, रौतहट र पर्सामा एक हजारभन्दा बढी संक्रमित छन्।
त्यस्तै आठ वटा जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित छन्। त्यस्तै बारा, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।