शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक संक्रमणमा काठमाडौंको रेकर्ड, कुन जिल्लामा कति थपिए ?

दैनिक संक्रमणमा काठमाडौंको रेकर्ड, कुन जिल्लामा कति थपिए ?

राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ लाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ लाई कोरोना संक्रमण भएको छ।

काठमाडौंमा यो अहिलेसम्मकै उच्च हो। सोमबार १९० र आइतबार ३७२ जनामा कोरोना संक्रमण भएको थियो।

आज झापामा १४, खोटाङमा दुई, मोरङमा १२ जना संक्रमित थपिएका छन्। ओखलढुंगा, पाँचथर र सुनसरीमा क्रमशः दुई, एक र ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उदयपुर, सप्तरी र धनुषामा एक एक जना संक्रमित थपिएका छन्।

महोत्तरी, पर्सा र रामेछापमा दुई दुई तथा सर्लाहीमा १९, बारामा ११, रौतहटमा पाँचजनामा कोरोना भाइरस संक्रमण भएको छ।

सिन्धुलीमा ६, दोलखामा ११ र भक्तपुरमा ३० थप ३० जनामा संक्रमण भएको छ।

यस्तै धादिङमा ११, काठमाडौंमा ३९३, काभ्रेमा आठ र ललितपुरमा ५८ जना थपिएका छन्। यस्तै रसुवा र सिन्धुपाल्चोकमा एक एक तथा नुवाकोटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

चितवनमा ४५, मकवानपुरमा ६, गोरखामा आठ जना संक्रमित थपिएका छन्। लमजुङमा ३२, पूर्वी नवलपरासीमा १५, पर्वतमा एक र तनहुँमा थप पाँच जनामा

संक्रमण भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

कपिलवस्तुमा सात, परासीमा चार र रुपन्देहीमा ९१ जना संक्रमित थपिएका छन्। यस्तै अर्घाखाँचीमा नौ, गुल्मीमा १३, पाल्पामा एक जना संक्रमित थपिएका छन् भने दाङमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ।

प्यूठान, पूर्वी रुकुम र सल्यानमा एक एक जना संक्रमित थपिएका छन्। बाँकेमा ३३, बर्दियामा सात, जुम्लामा दुई जना कोरोना संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

सुर्खेतमा एक, दैलेखमा दुई र कैलालीमा २० जना संक्रमित थपिएका छन्। अछाममा १३, डोटीमा २४ र बझाङमा ४० संक्रमित थपिए भने कञ्चनपुरमा चार, डडेल्धुरमा दुई र बैतडीमा १२ जना संक्रमित थपिएका छन्।

यी हुन् संक्रमित नथपिएका २२ जिल्ला

मुलुकका २२ जिल्लामा आज कोरोना संक्रमित थपिएका छैनन् भने ५५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।

भोजपुर, धनकुटा, इलाम, संखुवासभामा आज संक्रमित नथपिएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ। सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुममा पनि आज संक्रमित थपिएका छैनन्। यस्तै सिरहामा पनि संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित नथपिएका जिल्लामा बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, रोल्पा, पश्चिम रुकुम र डोल्पा छन्। हुम्ला, कालिकोट, मुगु, जाजरकोट, बाजुरा र दार्चुलामा पनि संक्रमित थपिएका छैनन्।

५५ प्रतिशत संक्रमित कोरोना मुक्त

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म गरी २२ हजार १७८ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ५५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजसम्म प्रदेश १ बाट एक हजार ६२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। प्रदेश २ मा संक्रमण मुक्त हुनेको संख्या पाँच हजार ३७९ छ भने बागमतीमा एक हजार ३३६ जना संक्रमण मुक्त भएका छन्।

गण्डकीमा एक हजार ७०८, प्रदेश ५ मा पाँच हजार २३, कर्णालीमा दुई हजार १०१ र सुदूरपश्चिमा चार हजार ९८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

मंगलबार एकै दिन ७६८ जना कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्र गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

उनका अनुसार आजसम्म मुुलुकमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र १०६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये ३४४ महिला र ७२५ पुरुष रहेको मन्त्रालयको विवरणमा उल्लेख छ

प्रकाशित: Sep 01, 2020| 17:00 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।