शुक्रबार, भदौ १२, २०८३

डोटीमा २१ सैनिकमा कोरोना संक्रमण

डोटीमा नेपाली सेनाका २१ जनासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीमा रहेको पीसीआर प्रयोगशालामा मंगलबार ७७ जनामा गरिएको कोरोना परीक्षणमा २१ सैनिकसहित सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

दिपायल सिलगढी नगरपालिका–४ को सुल्लेखमा रहेको सुदूरपश्चिम पृतनाका २१ जनामा काेराेना पुष्टि भएकाे छ।

त्यस्तै डाेटीकै शिखर नगरपालिका–१ का २ जना र केआईसिंह गाउँपालिकाका १ का १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि जिल्ला अस्पतालले जनाएको छ।

त्यस्तै सोही प्रयोशालामा अछामको बान्नीगढी जयगढ–१ का १ जना पुरुष, वडा नं. ३ का २ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष सहित कूल ७ जनामा संक्रमण देखिएको अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी दिए।

संक्रमण देखिएका २१ जना सैनिक सुल्लेखमा रहेको ब्यारेकका भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

प्रकाशित: Sep 01, 2020| 17:00 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।