शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडाैंसहित चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडाैंसहित चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं– देशका चार वटा जिल्लामा १ हजारभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– देशका चार वटा जिल्लामा १ हजारभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, सर्लाही, रौतहट र पर्सामा १ हजारभन्दा बढी संक्रमित छन्।

त्यस्तै पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगुमा एउटा पनि सक्रिय संक्रमित छैनन्। सोमबारसम्म संक्रमित शून्य भएको जिल्लाको संख्या दुई मात्र थियो।

त्यस्तै १२ वटा जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित छन्। त्यस्तै पर्सा, बारा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 01, 2020| 16:48 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।