शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाको निषेध आदेश खुकुलो पार्ने कि अझ कडा बनाउने ? निर्णय भोलिमात्रै

उपत्यकाको निषेध आदेश खुकुलो पार्ने कि अझ कडा बनाउने ? निर्णय भोलिमात्रै

भर्चुअल बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच मुख्यतया यी दुई र अन्य विकल्पमा पनि छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेध आदेशलाई थप कडा बनाउने वा खुकुलो पार्ने भन्ने दुई विकल्पमा आज मंगलबार छलफल गरेका छन्।

भर्चुअल बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच मुख्यतया यी दुई र अन्य विकल्पमा पनि छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

‘हामीले विभिन्न विकल्पका बारेमा आज छलफल गरेका छौं, निर्णय केही गरिएको छैन,’ उनले भनिन्, ‘तीनवटै जिल्ला सुरक्षा समिति, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसहित छलफल गरेर गृहमा सिफारिस गरेर पठाइन्छ।’ गृह मन्त्रालयसँगको समन्वयपछि मात्रै भोलि बेलुकासम्ममा आवश्यक निर्णय हुने उनले जानकारी दिइन्।

उपत्यकाका तीनवटै जिल्लामा जारी दोस्रो चरणको निषेध आदेश भोलि मध्यराति १२ बजेबाट सकिँदैछ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय थप कडाइ गरेर जाने मनस्थितिमा छन्। तर, विभिन्न स्तरबाट निषेध आदेश लगाएर मात्रै नहुने भएकाले केही खुकुलो बनाउनुपर्ने पनि दबाब बढेकाले गृह मन्त्रालय भने केही खुकुलो बनाउनुपर्ने रणनीतिमा देखिएको छ।

उपत्यकामा दिनहुँ संक्रमित थपिने क्रम बढिरहेको छ। विज्ञहरु पनि निषेध आदेश लगाएर मानिसहरुलाई घरमा थुनेर मात्रै नहुने र परीक्षणको दायरा व्यापक बनाउनुपर्ने बताउँदै आइरहेका छन्। ३ भदौ मध्यराति १२ बजेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेध आदेश जारी भएको हो।

प्रकाशित: Sep 01, 2020| 15:41 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।