शुक्रबार, भदौ १२, २०८३

स्वास्थ्यकर्मीकाे लागि निःशुल्क बस सञ्चालनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

उपत्यकाभित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको नेपाल चिकित्सक संघका कोषाध्यक्षा डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

कोरोना संक्रमणको संख्या अत्याधिक बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बससेवा सुरु गरिएको उनले जानकारी दिए।

निजी तथा सरकारी अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि सोमाबारदेखि नै निःशुल्क बस सेवा सुरु भइसकेको छ।
सोमबारदेखि सुरु गरिएको यस कार्यमा सुरुमा २ वटा ठूला बस र २ वटा माइक्रोले सेवा दिएका छन्।

आवश्यक भएमा बस थप्न सकिने भण्डारी बताए। तालिकाअनुसार बस विहान ६:३० बजेदेखि ८:३० बजेसम्म र साँझ ५:३० बजेदेखि ७:३० बजेसम्म सञ्चालनमा आउनेछन्।

यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा शुरु गर्नेछन्। बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन्।

यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ।

प्रकाशित: Sep 01, 2020| 14:55 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।