शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कारागारका चार कैदीको उपचारका क्रममा मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागारका चार कैदीको उपचारका क्रममा मृत्यु, एक जनामा कोरोना पुष्टि

काठमाडौं– केन्द्रीय कारागार सुन्धारामा उपचारका लागि बाहिर जिल्लाबाट ल्याइएका चार जना कैदीको मृत्यु भएको छ। तीमध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– केन्द्रीय कारागार सुन्धारामा उपचारका लागि बाहिर जिल्लाबाट ल्याइएका चार जना कैदीको मृत्यु भएको छ। तीमध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलका अनुसार कञ्चनपुरबाट उपचारका लागि ल्याइएका ४० वर्षीय पुरुष कैदीको मृत्यु भएको छ।

उपचारका लागि ल्याइएका उनमा १४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। मेगा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

मृतक भएका चारै जना दिर्घकालीन रोगका बिरामी रहेको विभागले जनाएको छ। कोरोना संक्रमण देखिएका व्यक्ति पनि मानसिक रुपमा विक्षिप्त र छारे रोगबाट ग्रसित रहेको बुझिएको छ।

मृतक बाँकी तीनजना कैदीको वीर अस्पतालमा सोमबार मृत्यु भएको हो। उनीहरुको पनि अस्पतालले परीक्षणका लागि स्वाब संकलन गरेको छ।

तर, रिपोर्ट आइसकेको छैन। मृत्यु भएका ५८ वर्षीय पुरुष पाल्पा, ६० वर्षीय बझाङ र ६४ वर्षीय सिराहस्थित कारागारबाट उपचारका लागि काठमाडौं ल्याइएका कैदीबन्दी हुन्।

केन्द्रीय कारागारमा अस्पतालसमेत भएकाले देशका विभिन्न कारागारमा रहेका कैदीबन्दी बिरामी भएमा उपचारका लागि ल्याइने गरिन्छ। केन्द्रीय कारागार सुन्धारामा पनि अहिले कोरोना संक्रमण देखिएको छ।

अहिलेसम्म त्यहाँ रहेका ५२ जना कैदीबन्दी र ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भइसकेको छ।

प्रकाशित: Sep 01, 2020| 14:24 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।