शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमितको उपचारका लागि स्वयंसेवक माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकको रुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वयंसेवक स्वास्थ्यकर्मीको आवेदन माग गरेको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकको रुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वयंसेवक स्वास्थ्यकर्मीको आवेदन माग गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुलाई स्वयंसेवकको रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन आवेदन माग गरेको हो ।

मन्त्रालयले नर्स प्यारामेडिक्स, चिकित्सक अन्य स्वास्थ्यकर्मी तथा सेवा निवृत्त स्वास्थ्यकर्मीहरुले स्वयंसेवकको रुपमा काम गर्न इच्छुक भएमा तीन दिनभित्र आवेदन दिन सक्ने बताएको छ । आवेदन अनलाइन माध्यमबाट दिन सकिने समेत मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समय देशमा संक्रमितको संख्या बढ्दै जाँदा सरकारले करार सेवा तथा स्वयंसेवकको रुपमा जनशक्ति आह्वान गर्न थालेको छ । सरकारीm निजी तथा सामुदायिक सहित अन्य संघसंस्थाका भवनमा आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

 

प्रकाशित: Sep 01, 2020| 13:24 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।