शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट १२ घण्टामा पूर्वन्यायाधीशसहित ९ जनाको मृत्यु, कहाँ कतिको ज्यान गयो ?

कोरोनाबाट १२ घण्टामा पूर्वन्यायाधीशसहित ९ जनाको मृत्यु, कहाँ कतिको ज्यान गयो ?

चितवनमा ४, वीरगन्जमा ३, धरानमा एक र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । काठमाडौंमा मृत्यु भएका संक्रमित पूर्व न्यायाधीश हुन् ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा ९ जनाको मृत्यु भएको छ।

चितवनमा ४, वीरगन्जमा ३, धरानमा एक र काठमाडौंमा एक जनाको मृत्यु भएको हो। काठमाडौंमा मृत्यु भएका संक्रमित पूर्वन्यायाधीश हुन्।

मुुटु रोगको समस्याबाट समेत ग्रसित पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको उपचारका क्रममा गंगालाल अस्पताल बाँसबारीमा मृत्यु भएको हो।

काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश भएका हुन्।

यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको मिर्चैया ६ घर भएका एक ६५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ । उनको सोमबारराति पौने ९ बजे ती मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो १२ घण्टामा वीरगन्जमा बाराकी एक महिला, पर्साका एक पुरुष र ठेगाना खुल्न नसकेका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ ।

वीरगन्जको कोभिड अस्पताल गण्डकमा उपचाररत बारा जिल्लाको कोल्भीकी ६० वषीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

वीरगन्ज हरपतगंजका ५३ वर्षिय पुरुषको सोमबार राति मृत्यु भएको छ भने सोमबार राती नै पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चिकित्सक डा चितरञ्जन साहले बताए ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत ३ जना र चितवन मेडिकल केलजमा एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारत २ महिला र एक पुरुषको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरुको मृत्युपछि मंगलबार बिहान कोरोनाको रिपोर्ट आएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारत हेटौंडा उपमहानगरका–१५ का ५८ वर्षीय पुरूषको आज (मंगलबार) बिहान मृत्यु भएको छ ।

पछिल्लो १२ घण्टामा यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३७ पुगेको छ । सोमबार अपरान्ह नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या २ सय २८ पुगेको जनाएको थियो ।

प्रकाशित: Sep 01, 2020| 13:03 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।