शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशबारे निर्णय गर्न उपत्यकाका सीडीओको भर्चुअल बैठक बस्दै

निषेध आदेशबारे निर्णय गर्न उपत्यकाका सीडीओको भर्चुअल बैठक बस्दै

भदौ ३ मध्यरातदेखि उपत्यकामा लगाइएको निषेध आदेशको समय भोलि मध्यरात १२ बजेदेखि सकिँदै छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा जारी निषेध आदेशको समय भोलि रातिदेखि सकिँदै छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेध आदेश सकिन एक दिनमात्रै बाँकी हुँदा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अब कस्तो रणनीति बनाउने भनेर  छलफल गर्दैछन्।

जारी निषेध आदेशलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल भइरहेको बताइएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक बस्न लागेको जानकारी दिइन्।

‘के गर्ने भन्ने अहिले नै हामीले निर्णय गरिसकेका छैनौं। छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘आज भर्चुअल बैठक बस्दै छौं। त्यसमा पनि गहन छलफल हुन्छ।’ उनले भोलिसम्ममा आवश्यक निर्णय लिइने बताइन्।

निषेध आदेशकाे समय केही घटाउने विषयमा पनि सुझावहरु आइरहेको भन्दै उनले संक्रमण फैलिन नदिने हिसाबले के कसरी काम गर्न सकिन्छ भन्नेबारेमा निर्णय गरिने प्रष्ट पारिन्।

भदौ ३ मध्यरातदेखि उपत्यकामा लगाइएको निषेध आदेशकाे समय भोलि मध्यरात १२ बजेदेखि सकिँदैछ। आजको भर्चुअल बैठकबाट साझा धारणा बनाएर गृह मन्त्रालयमा पठाइने र गृह मन्त्रालयको आवश्यक सुझावपछि प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गर्नेछन्।

विज्ञ तथा अन्य क्षेत्रबाट पनि निषेध आदेश मात्रै गरेर नहुने, परीक्षणको दायरा व्यापक बनाउनुपर्ने र केही खुकुलो बनाएर जान सकिने सुझाव आएका छन्।

प्रकाशित: Sep 01, 2020| 12:40 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।