शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट वीरगन्जमा थप ३ जनाको मृत्यु

मृतकहरु बारा कोल्भीकी एक ६० वर्षीय महिला, पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका ५३ वर्षिय एक पुरुष र पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुष रहेका छन् ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

वीरगन्ज- कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगन्जमा थप ३ जनाको मृत्यु भएको छ ।

मृतकहरु बारा कोल्भीकी एक ६० वर्षीय महिला, पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका ५३ वर्षिय एक पुरुष र पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुष रहेका छन् ।

वीरगन्ज हरपतगंजका ५३ वर्षिय पुरुष साउन ३१ गते वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनमा मधुमेहको साथै श्वासप्रस्वासको समस्याले उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चिकित्सक डा चितरञ्जन साहले बताए ।

यसैगरी सोमबार राती नै पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुषको मृत्यु भएको हो ।

मृत्युपछि उनको जीन एक्सपोर्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा साहको भनाई छ ।

सोमबार साँझ नारायणी अस्पतालको अकास्मिक कक्षमा उपचारका लागी आएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैगरी कोरानाकै कारण बारा जिल्लाको कोल्भीकी ६० वषीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

उपचारका लागी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको उनको आज विहानै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित रहेका उनमा समेत श्वासप्रस्वासको समस्या रहेको चिकित्सक डा चितरञ्जन साहले बताए ।

हालसम्म पर्सामा ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 01, 2020| 11:37 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।