शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३५ पुग्यो

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३५ पुग्यो

बारा जिल्लाको कोल्भि घर भएका एक कोरोना संक्रमित पुरुषको वीरगन्जमा मृत्यु भएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

वीरगन्ज- बारा जिल्लाको कोल्भि घर भएका एक कोरोना संक्रमित पुरुषको वीरगन्जमा मृत्यु भएको छ ।

वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई गत भदौं १० गते अस्पताल भर्ना गरिएको थियो। मधमेहका समेत रोगी रहेका उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।

वीरगन्जमै सोमबार राति अर्का कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो। ठेगना नखुलेका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ। पछिल्लो १२ घण्टामा वीरगन्जमा २, चितवनमा ४ र धरानमा एकजनाको मृत्यु भएको छ ।

सोमबार अपरान्हसम्म कोरोनाबाट २ सय २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । पछिल्लो १२ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ३५ पुगेको हो ।

प्रकाशित: Sep 01, 2020| 09:28 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।